खेलकुद
४५ वर्षमाथिका पुरुष बिच फुटसल : बानेश्वर फ्रेण्डसिप क्लव बिजेता
आपसी सद्भाव बढाउने उद्देश्यले उमेर समूहगत प्रतियोगिता गरेका हौँ – वडाध्यक्ष, ढकाल

काठमाडौँ । शान्तिनगरमा आयोजित फुटसल प्रतियोगितामा बानेश्वर फ्रेण्डसिप क्लबले जित हासिल गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ ले स्थानीय क्लबहरूको सहकार्यमा आयोजना गरेको ४५ वर्ष उमेर माथिका पुरुष खेलाडीबीचको प्रतियोगितामा बानेश्वर क्लबले किङ्स कम स्पोर्ट्स क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
प्रतियोगिताको समापन समारोहमा वडाध्यक्ष सरोज ढकालले विजेता टोलीलाई नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरे । त्यसैगरी, उपविजेता टोलीलाई नगद २५ हजार रुपैयाँ, ट्रफी र मेडल हस्तान्तरण गरिएको थियो ।




