समाचार

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौँ, २० असोजः सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३/८४ लाई लक्षित गरी कार्यसम्पादन सम्झौताका प्रतिबद्धता स्थापित भएका छन् । यस अवसरमा मन्त्रालयका महाशाखा प्रमुख सहित मन्त्रालय मातहतका विभिन्न निकायका नेतृत्वहरू समेतले सचिव पौडेलसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा सचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल), सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यात, गोरखापत्र संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावल तथा विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले कार्यसम्पादन सम्झौताका दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । तस्बिरः रत्न श्रेष्ठ/रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>