शिक्षा

‘ओभरअल बेस्ट डेलिगेसन’को उपाधि प्रिमियर स्कुललाई

जलवायु परिवर्तन, विश्व स्वास्थ्य, भविष्यको शिक्षा, र मिडिया तथा गेमिङ एन्ड इन्टरटेनमेन्टसम्बन्धी चारवटै समितिमा प्रिमियरका विद्यार्थीले पुरस्कार जितेको कुरा स्कुलको विज्ञप्तिमा उल्लेख छ

काठमाडौँ । प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले डिप्लोमाथन वर्ल्ड सिम्पोजियम २०२६ मा लगातार दोस्रो वर्ष ‘समग्रमा उत्कृष्ट प्रतिनिधिमण्डल’को उपाधि जित्न सफल भएको छ ।

प्रतियोगितामा प्रिमियरका विद्यार्थीहरूले उपलब्ध १२ मध्ये ८ वटा पुरस्कार हात पारेका छन् । जलवायु परिवर्तन, विश्व स्वास्थ्य, भविष्यको शिक्षा तथा मिडिया, गेमिङ र मनोरञ्जन जस्ता चारैथरिका समितिहरूमा सहभागी विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार जितेका हुन्, जसको जानकारी विद्यालयले जारी गरेको विज्ञप्तिमा गरिएको छ ।

विद्यालयका अनुसार कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले विभिन्न विधामा उल्लेखनीय सफलता हासिल गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>