समाचार
भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

भारतीय अभिनेता नाना पाटेकर ७५ वर्षको उमेरमा बितेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, गोवास्थित आफ्नै घरमा बिहीबार बिहान गम्भीर कार्डियाक अरेस्टपछि उनको निधन भएको हो ।
मणिपाल अस्पतालका डा. शेखर साल्करले जनाएअनुसार, पाटेकरलाई हृदयघात भएपछि चिकित्सकीय टोलीले तुरुन्तै उद्धारको प्रयास गरेको थियो । करिब ४५ मिनेटसम्म निरन्तर रुपमा सीपीआर दिएर बचाउने प्रयास गरिए पनि सफल हुन सकेन । बिहान ५:२० बजे उनलाई मृत घोषित गरिएको थियो ।
उनको निधनलाई मेडिको–लिगल केसको रूपमा दर्ता गरिएको छ र पोस्टमार्टम गरिने जानकारी दिइएको छ । नाना पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा आफ्नो सशक्त अभिनयको लागि ख्याति पाएका थिए । ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘तिरंगा’ र ‘वेलकम’ जस्ता चर्चित चलचित्रहरूमा उनको अभिनय रहेको छ । उनको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा ठूलो शोक छाएको छ ।




