अन्तराष्ट्रिय
मध्य अमेरिकी देश पनामामा शक्तिशाली भुकम्प

असोज २४ राजकुमार सुब्बा, काठमाडौं । मध्य अमेरिकाको पानामामा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको छ । विभिन्न संचार माध्यमका रिपोर्टहरुसार भूकम्पका कारण राजधानी पानामा सिटीसहित अन्य थुप्रै क्षेत्रमा तीव्र धक्का महसुस गरिएको छ । यसका साथै भवन, सडक र पुलहरूमा केही क्षति पुगेको जानकारी प्राप्त भएको छ ।
अमेरिकी भूगर्भीय सर्भेक्षण संस्था (USGS)का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट दक्षिणपश्चिम रहेको थियो । स्थानीय समयअनुसार दिउँसो ठीक १ः५६ बजे भूकम्प उत्पन्न भएको हो । हालसम्म मानवीय क्षतिको कुनै औपचारिक विवरण भने प्राप्त भएको छैन ।




