बागमती प्रदेशसमाचार
फोनिज ललितपुरको पाँचो जिल्ला अधिवेशन सम्पन्न

बिशु गुरुङ, ललितपुर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरको पाँचौ जिल्ला अधिवेशन जावलाखेलको नेवा: भ्वय् छे पार्टी पैलेसमा सम्पन्न भएको छ।
यस अधिवेशनले सन्जय श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ। अधिवेशनले १३ जनाको कार्यसमिति निर्वाचित गरेको छ। कार्यसमितिको उपाध्यक्षमा प्रकाश थिङ, सचिवमा सुनिता बटाजु, सह–सचिवमा शुभप्रभात राई कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ र सदस्यमा बिशु गुरुङ, सुजाता राई, किरन शाही, शनिराज शाक्य, अनुप शाक्य, सम्झना मर्हजनलाई निर्वाचित गरेको छ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले फोनिजलाइ एकताबद्ध, सुदृढ र सक्रिय बनाउन सबै फोनिजका सदस्यलाई लाग्न र आफुले कार्यसमितिको भावना, चाहना र आवश्यकता अनुसार अगाडी बड्ने भन्दै प्रतिबद्धता व्यक्त गरेका छन्।




