वि.नि.प्र.प्र. सेवकाई नेपालद्वारा स्नेही काखलाई लत्ता कपडा वितहरण

ललितपुर । शारिरीक, मानसिक तथा बौद्धिक रुपले अशक्त व्यक्तिहरू र अनाथ बालबालिकाहरूलाई जाडो महिनामा लगाउने न्यानो लत्ता कपडा वितहरण गरिएको छ ।
हिजो एक कार्यक्रमका बीच वि.नि.प्र.प्र. सेवकाई नेपालले ललितपुरस्थित नेपाल स्नेही काखमा बसोबास गर्दै आउनुभएका शारिरीक, मानसिक तथा बौद्धिक रुपले अशक्त व्यक्तिहरू र अनाथ बालबालिकाहरूलाई लत्ता कपडा वितहरण गरेको हो । वि.नि.प्र.प्र. सेवकाई नेपालका संस्थापक अध्यक्ष तथा स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पाष्टर रेभ. डा. चेत बहादुर खरेल उक्त कार्यक्रममा ‘आफुहरूले असहाय, अनाथ तथा आशाविहिन व्यक्तिहरूको माझमा सेवा गर्न पाउँनु नै हाम्रो लागि खुशी र गौरव हो ।’ साथै ‘दीनदुःखीहरूको सेवा गर्नु नै हाम्रो धर्म हो।’ भन्नुभएको थियो ।

वि.नि. प्र. प्र.सेवकाई नेपालले विगत १२ वर्ष देखि नै निरन्तर रुपमा नेपालको दुर्गम जिल्लामा रहेका बालबालिकाहरू तथा विशेष गरी भुकम्प पीडित, द्धन्दपीडित, असहाय तथा अनाथ बालबालिकाहरूलाई निशुल्क छात्रवृतिको व्यवस्था र उत्पीडन र उपेक्षित समुदायको सेवामा अहोरात्र सेवा गरी दीनदुःखीहरूमाझ निरन्तर सहयोग र सेवाकार्य गरिराखेको छ । भने गत आईतवार एक कार्यक्रम बीच मिडिया एड्भोकेसी फोरम नेपालले यस वर्षको “सामाजिक सेवा सम्मान २०१९” द्वारा पनि सम्मान गरेका थिए ।




