राजनीति

आफैं खर्च गर्न नसक्नेहरुको उपचार सरकारले गर्ने: प्रधानमन्त्रीओली

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् ।

सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । तोकिएका बाहेक अरु संक्रमितले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्ने सरकारले निर्णय सुनाएको छ ।

सरकारी निर्णयको चौतर्फी आलोचना भइरहेको छ । स्वयंम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरुले समेत यो निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्राधनमन्त्री ओलीले भने आफैं खर्च गर्न नसक्नेहरुको उपचार सरकारले गर्ने भनेको स्पष्ट पारे । तर, सरकारको निर्णयलाई लिएर भ्रम फैलाइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई चिर्नुपर्ने बताएको छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>