बागमती प्रदेशसमाचार
उपत्यकामा जोर बिजोर प्रणाली लागू

सिन्धु तामाङ्ग, माघ ७, काठमाडौँ। पछिल्लो समय ओमिक्रोन भेरियण्टको संक्रमणमा तिब्र बृद्धि हुदैगइरहेको कारण सुक्रबार राति १२ बजे देखि लागू हुने गरी उपत्यकाका तीनै जिल्लामा निजी तथा सर्वजानिक सवारी साधनहरुमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ।
संक्रमण दर कम गर्न काठमाडौँ , ललितपुर र भक्तपुर तिनै वटा जिल्ला प्रशासन कार्यालहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। सार्वजानिक सवारी साधनमा चालक , सह चालक र यात्रुहरुले अनिवार्य मास्क लगाउनु पर्नेछ। साथै घर बहिर निस्कदा अनिवार्य खोप कार्ड साथमा लिएको हुनुपर्नेछ।
संक्रमणको कारण स्वास्थ्य स्थिति गम्भिर अवस्था पुग्न नदिन स्मार्ट लकडाउनलाई थप कडाई गरिए छ।




