समाचार

बालगृह संचालन सम्बन्धी कार्याशाला गोष्ठी सम्पन्न

किपिङ्ग फेमिली टुगेदर (के एफ टि-नेपाल)को आयोजनामा आज ललितपुरको गोदावरी गार्डेन किचेनमा बालगृह संचालन संबन्धी एक दिने कार्यशाला गोष्ठी संपन्न भएको छ।

के एफ टि-नेपाल संस्थाका अध्यक्ष अधिवक्ता भविन्द्र राईले बालगृह संचालन संबन्धी नेपालको प्रचलित कानूनमा भएको कार्यविधि प्रस्तुत गर्नुभएको थियो। साथै उक्त गोष्टीमा आयोजक र सहभागिहरु बीच बालहित संरक्षणको निम्ति कानून अनुसार बालगृहहरुलाई कसरी ब्यवस्थित गर्न सकिन्छ ? भनी अन्तरक्रिया भएको थियो।

बालगृहहरुको समस्या र समाधानको बारेमा छलफल भएको थियो साथै यो कार्यशाला लगातार गर्ने निर्णयका साथ समापन भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>