रचना रिमाल र राज सरगमको ‘अर्को जुनी होला नहोला’ आउदै

सिन्धुपाल्चोकको मेलम्ची ११ मा जन्मेका राज सरगम र अहिलेकी चर्चित गायिका रचना रिमाल को युगल आवाजमा आधुनिक गीत ‘अर्को जुनी होला नहोला’को भर्खरै रेकर्डिङ सम्पन्न भयको छ।
रेकर्डिङको क्रमबाट नै राम्रो शब्द र मेलोडिको प्रसंशा पाइरहेको यो गीत अतीत लामाले लेखेका हुन्, भने संगीत राज सरगम आफैले दिएका छन् । गायिका रचना भन्छिन,मैले थुप्रै गीत गायता पनी औंलामा गन्न मिल्ने राम्रो गित को दर्जामा यो गित परेको छ । गाउँमा राजु नामले चर्चित राज लाई मिलन दोङ ले नृत्य सिकायपछी एकाएक जिबनमा कलाकार बन्ने सपना पलाउन थालेको हो।

संगीतकार बाबुल गिरिको संगीतमा राजले तिम्रै नाउमा बोलको गीत गाय पश्चात हालसम्म दर्जनौ आधुनिक गीतको अलवा ठूलो पर्दाको चलचित्र ‘डोलि’मा समेत गीत पस्केका राजले थुप्रै म्युजिक भिडियोमा समेत मोडलिङ गरिसकेका छन। गायक राज भन्छन् ‘यो गीत मेरो ठुलो सपना हो’ पक्कै पनि आम दर्शकको मन यो गीतले जेत्नेमा आशाबादी छु।
केही दिन भित्रै यो गीतलाई चर्चित निर्देशक रुपेश थिङले भिडियो निर्देशन गर्ने आयोजकले जानकारी गराउनु भएको छ । निर्देशक थिङ नेपाली चलचित्र ‘जय शम्भु’ का निर्देशक समेत हुनुहुन्छ ।




