जसपाले अपुष्ट समाचार प्रति ध्यानाकर्षण नभए पछि प्रेस काउन्सिलमा मुद्दा

जसपाले अपुष्ट समाचार प्रति गम्भीर ध्यानाकर्षण गर्दै वैशाख ३१ गते धर्मराज मिडिया प्रा ली.द्वारा संचालित नेपालपाना अनलाइन www.nepalpana.com मा पत्राचार गर्दा सम्म कुनै पनी अधिकारिक धारणा नआए पछि आज जेष्ठ २ गत्ते प्रेस काउन्सिल नेपाल ,
सिङ्गामङगलमा उजुरी हालेको छ
२०७८/२/३ श्रीमान् प्रमुख ज्यु
श्री प्रेस काउन्सिल नेपाल ,
सिङ्गामङगल काठमाडौं नेपाल
विषय:- उजुरी सम्बन्धमा
उपरोक्त बिसयमा धर्मराज मिडिया प्रा ली.द्वारा संचालित नेपालपाना अनलाइन www.nepal pana.comमा मिति २०७८, बैशाख २९ गते प्रकाशित समाचार “सांसद किनबेचका लागि उपेन्द्र र बाबुरामलाई चीन र इयुबाट आयो १७० करोड, तर ‘क्याम्प चेञ्ज’ गरेका सांसदले पाएनन्” शिर्षकको समाचार प्रति हामी जनता समाजवादी पार्टी नेपालका नेता-कार्यकर्ताको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदछौ ।
पहिचान र सामर्थ्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, पुर्ण समानुपातिक समावेशीता र अल्पसंख्यक सीमान्तकृत जाति क्षेत्र, वर्ग, लिङ्गका जनताको अधिकार सहित राज्यका निकायमा प्रतिनिधित्व गराउने हाम्रो पार्टीको प्रमुख एजेन्डा हो। यी मुद्दाको कार्यान्वयन गर्न गराउने हाम्रो पार्टी कटिबद्ध छ। यस पवित्र अभियानमा होमिएका हाम्रा पार्टीका नेतृत्व अध्यक्ष उपेन्द्र यादव र पार्टीकै संघीय परिषदका अध्यक्ष पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईमाथि लाञ्छना लगाइ कपोकल्पित र भ्रामक समाचार प्रकाशित गरेकाले हामिले त्यसको खण्डन सहित तत्काल उक्त समाचार सच्याउन वा हटाइउन भनि सम्बन्धित निकायको इमेल र 9851100148 मा जानकारी गराउएकाहै भने सोको बोधार्थ यस कार्यलयको इमेलमा समेत पठाएको थियो ।
तर धर्मराज मिडिया प्रा ली.द्वारा संचालित नेपालपाना अनलाइन www.nepalpana.com ले त्यसको बेवास्ता गर्दै उक्त समाचारलाई यथावत राखेर पत्रकारिता आचार संहिता बिपरित कुनै पनि तथ्य र प्रमाण बिना लेखिएका यस्ता कपोकल्पित र भ्रामक समाचारलाइ निरन्तरता दिएर हाम्रो पार्टी अध्यक्ष द्वोयलाई बदनाम गराउने व्यक्तिगत र राजनीतिक जीवन नै तहसनहस पार्ने र सिङ्गो पार्टीका नेताकार्यकर्ता र पार्टीका शुभेच्छुक शुभचिन्तक माथि निराशा गराउने र आम जनतामाथि भ्रम फैलाउदै पार्टीका नेताकार्यकर्ताका सामाजिक, व्यक्तिगत र राजनीतिक छबि नै ध्वस्त पार्ने उदेश्य राखेर पत्रकारिता आचारसंहिता बिपरित कार्य गर्दै अपराधी पुर्ण कार्य गरेको हुनाले धर्मराज मिडिया प्रा ली.द्वारा संचालित नेपालपाना अनलाइन www.nepalpana.com लाई यथासिघ्र कार्वाही गरि न्याय दिन दिलाउन बिशेष अनुरोध गर्दछौं । अन्यथा कार्वाही कालागी अदालतको ढोकासम्म पुग्न पुर्याउनु यस श्री प्रेस काउन्सिल नेपाल ,सिङ्गामङगल काठमाडौं नेपालले सहजीकरण गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ ।
दलमर्दन कामी
केन्द्रिय सदस्य एवं अध्यक्ष शिल्पी बिशेष प्रदेश राष्ट्रिय समिति
जनता समाजवादी पार्टी, नेपाल
९८५११५६१९६





