स्थानीय
बलेफी ६ मा नेपाल विद्यार्थी संघद्वारा माक्स बितरण

बलेफी गाउपालिका -६ सिन्धुपाल्चोक, नेपाली काङ्ग्रेस को नेतृत्व मा वडा भरिका बासिन्दा लाई करिब 30 हजार मेडिकल माक्स वितरण गरिएको छ ।
नेपाली काङ्ग्रेसका निकट नेपाल विद्यार्थी संघ का युवा नेता गोपाल चौलागाईं तथा काङ्ग्रेसका अन्य अगुवा हरुको समेतको सकृयता रहेको उक्त वितरण असहज परिस्थितिका बाबजुद पनि सफल गरेका कुरा नेता चौलागाईंले बताएका छन् । वडा नम्बर -६ मा अहिले कोभिड संक्रमितको संख्या धेरै बढेकोले केहि दिन भित्रै आफुहरुले मेडिकलका अन्य सामग्री तथा भिटामिन हरु समेत वडा बासिहरुलाई उपलब्ध गराउने नेता चौलागाईंले बताए ।
अन्य सहयोगिहरु-रामचन्द्र थापा, दुर्गा आचार्य, मनिराम पराजुली कुल प्रसाद आचर्य, अर्जुन साप्कोटा, झनक तिमल्सिना हबिन्द्र चौलागाईं आदिको सहयोग रहेको थियो।




