प्रदेशसमाचारस्थानीय

काठमाडौंमा भोलिदेखि एक साता निषेधाज्ञा

भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भाेलि मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपनि प्रशासन सो निर्णयमा पुगेको हो । आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५ सय हाराहारी पुगिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>