लेख

“उत्थानको बाटो खोजिरहेछु” कविता -लक्ष्मी बडाल

दानविय बनेर देशले मसङ्ग आज वैमनस्य राखेर
मलाई आउडाहा दिन चाहिरहेछ ।
के मसङ्ग तिमीमा हुने समझदारिको आस्वासन छैन र ?
यदि भएँ मलाई तिमीले
सदुपयोग गरेर समन गर्न
गतिशील बन्न सक्ने छ ।
त्यसपछि मात्र म तिम्रा लागी ठीटलाग्दो बन्ने छु
के तोमीलाई यसमा हास्यास्पद लाग्ने छ?
यदि लाग्छ असहाय तिमीमा भने
मसङ्ग ऐरेलु नबन ।
किनकि म तिमीसङ्ग धेरै नै निरीह बन्दै जानेछु
यस अर्थले तिमीसङ्ग बहुकाउ नगर
यसमा तिम्रो जीवनको बेफ्वाकको यथार्थवाद हुनेछ।
साथै देश प्रतिको ऊत्थानमा
तिम्रो तर्जुमा आहारिसको छिनो फानो
बन्न सक्नेछ।
र यस चनाखोको तिलाञ्जली
गुप्तिमा गर्न असमर्थ छु म
यसलाई तिमीले हड्प्न खोज्नु राम्रो होइन
जस्तो मेरो मनभित्र भान हुन्छ ।
यसैले मैले तिमीलाई देश मार्ग
निर्देशनको दायित्व बनेर्,समर्पित गरेर
कर्मयोगको अग्रणी भएँर
तिमीलाई दिव्य बनाउने म
अनि तिम्रो सामु शिथिल भइरहेको छु।
अनि सदासर्वदा देशकै खतरा स्थितिको
वर्णन गर्न चाहना राख्न बाध्य भएको छु।
साथै छिचोलेर उलुउलु हुनुमा हटकन सक्तिन
तापनि श्रव्यकाव्यमा माधुर्यको
अध्येता गर्न सक्नेछु ।
त्यसैले तिमीले अफ्नो विवेकलाई
पर्याय बनाउन,क्रमिक मिलाउन सक्नेछौ
यसैले देशको सपुतलाई
सापेक्षतामा आतुर गराउने छौ।
त्यसकारण यस निरूपण गराउने कार्यमा तिमी वैचन नबन
यसका निमित्त निकास खोज
जस्तै हिमाल चढ्ने व्यक्तिले
हिमसुरक्षित खोजे झै
देशका निमित्त अघि उर्लन
यस विषयमा म तिमीलाई
जिन्दगीभरिको सर्वोच्च दार्शनिक स्थलको
सानन्द देश भनेर अर्चना गर्नेछु।
साथै आर्य पनि सम्झन्छु ।
त्यसपछि देशमा तिमी कुनैसङ्ग विक्षब्ध भएका छैनौ भनेर
तिम्रा हरेक पाइला सौम्य होस भनेर
तिम्रा लागी म उत्थानको बाटो खोजिरहेछु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>