नपाली कांग्रसको सङ्ख्या बढाउन चर्च र शिक्षकको प्रयोग

आमोस तामांग गोर्खा , पालुङ्टार नगरपालिका वडा ९ मा नेपाली काङ्ग्रेसको सङ्ख्या बढाउन धार्मिक स्थलको साथै शिक्षक प्रयोग गरिएका छन् ।
पालुङ्टार ९ को नेपाली काङ्ग्रेसको पार्टी प्रवेश कार्यक्रम पालुङ्टार ९ मा रहेको विनय मण्डलि(चर्च) घडेरिखोलामा सनिवार एक कार्यक्रम गरि पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पालुङ्टार ९ का वडा प्रमुख भोजराज पाण्डेको सभापतित्वमा आयोजना भएको थियो । तामाङ सामुदायको बहुलता भएको गाउँमा कार्यक्रममा केही तामाङ नेपाली काङ्ग्रेसमा प्रवेश गछन् ।

परमेश्वरको आराधना हुने पवित्र स्थलमै राजनीति चलखेल अब खुले रै गर्न थालेपछि आफुलाई मन नपरेको कुरा एक स्थानीय तामाङले बताएका छन् । स्थानीय तामाङ भन्छन् “राजनीति गर्नु राम्रो हो तर पाटि प्रवेश होस या जुनसुकै होस त्यसमा कुनैपनि धार्मिक स्थल प्रयोग गर्नु हुदैन जस्तो चर्च, गुम्बा, मन्दिर किनभने यी स्थल भगवानको पुजा आराधना गर्ने स्थल हो । “यस वडामा करिबकरिब ९, १० ओटा चर्चहरु छन् । तर आज सम्म धार्मिक सम्पदाको संरक्षण र पुननिर्माणको शिर्षकमा आएको बजेट हामी
ईसाईहरुलाई छुटाएको थाहा छैन । ” एक इसाई अगुवाको भनाइ छ ।

सोहि पार्टी प्रवेश कार्यक्रममा श्री धर्मोदय मा.विका दुई शिक्षक राम ब.परियार र ईश्वर ब.बानियाँ नेपाली काङ्ग्रेसको कार्यकर्तामा जस्तै केही समय देखि सक्रिया रुपमा हरेक देखिन्छ । श्री मदने मा.विका प्रअ रुद्रप्रसाद उप्रेती पनि उक्त कार्यक्रममा उपस्थिति भएको थियो । नेपाल सरकारले शिक्षकहरुलाई राजनीति क्षेत्रमा प्रतिबन्ध लगाए पनि यस पालुङ्टा नगरपालिकाका केहि वडामा शिक्षकहरुले खुलेरै पाटिको झोलाे बनेको देखिन्छ । जुन कानुनी विपरीत छ, सरकारी सेवामा लागेकाहरुले नेताको झोला बोक्नु र कार्यकर्ता बन्नु कानुनीको उलंघन हो । सम्बन्धित पक्षको ध्यान जाओस । मिलाप पोस्ट




