सूचना प्रबिधि

गुगल प्ले स्टोरबाट वर्षेनी १३ खर्ब आम्दानी

एन्ड्रोइड एप स्टोर गुगल प्लेबाट गुगलले वर्षेनी ११ अर्ब २० करोड डलर अर्थात् १३ खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

गुगलले इतिहासमै पहिलोपटक प्लेस्टोरको आम्दानी सार्वजनिक गर्दै सन् २०१९ मा प्ले स्टोरबाट ११.२ अर्ब डलर आम्दानी भएको रिपोर्ट अमेरिकी अदालत समक्ष पेस गरेको हो । गुगलले सन् २००८ को अक्टोबर २२ मा गुगल प्ले स्टोरको सुरुआत गरेको थियो । अमेरिकाका विभिन्न ३७ वटा राज्य तथा जिल्लाहरुका तर्फबाट महान्यायाधिवक्ताले एप स्टोरमाथि अविश्वास उल्लंघन (एन्टिट्रस्ट भायलेसन)को अभियोगमा गुगलमाथि मुद्दा दायर गरेका थिए । जसको जवाफमा गुगलले प्ले स्टोरबाट हुने आफ्नो कमाई अदालतमा पेस गरेको हो । उक्त आम्दानीमा एपको खरिदबापत गुगलले पाउने हिस्सा र एप स्टोरभित्रको विज्ञापनबाट हुने आम्दानी सामेल छ ।

गुगलले सन् २०२२ को अन्त्य सम्ममा एक अर्को अनुसन्धानको सामना गर्नुपर्ने हुनसक्दछ । किनकि विभिन्न कम्पनीहरुले प्ले स्टोरमा एप बिक्रीका क्रममा गुगलले आफ्नो अधिकारको दुरुपयोग गरिरहेकेा आरोप लगाइरहेका छन् । अर्थात् गुगलमाथि एप स्टोरमा एकाधिकारको आरोप लाग्ने गरेको छ । यस्तो आरोप एप्पलमाथि पनि लाग्ने गरेको छ । आम रुपमा हामी कुनै पनि नि:शुल्क एप डाउनलोड गर्दा त्यसको आम्दानीका बारेमा कुनै विचार गरिरहेका हुदैनौं । तर यथार्थ त के हो भने गुगललाई सबैभन्दा धेरै आम्दानी चाहिं तिनै नि:शुल्क एपहरुबाट हुन्छ । गुगल प्ले स्टोबाट डाउनलोड हुने एपमध्ये करिब ९८ प्रतिशत नि:शुल्क एप छन् । त्यस्तै प्लेस्टोरमा सबैभन्दा धेरै आम्दानी गर्ने शीर्ष १० एपमा ८ ८ वटा गेमिङ एप रहेका छन् ।

स्मरण रहोस् गुगल प्ले स्टोरमा एपलाई सूचीकृत गर्दा पनि पैसा तिर्नुपर्दछ, गुगललाई । एप डेभलपर्सले प्ले स्टोरमा सञ्चालन खर्चको रुपमा २५ डलर तिर्नुपर्दछ । त्यसका साथै कतिपय एपहरु सशुल्क हुन्छन् जुन डाउनलोड गर्नका लागि प्रयोगकर्ताहरुले पैसा तिर्नुपर्दछ । त्यस्तो रकमको केही हिस्सा गुगलले आफूले राख्दछ र केही हिस्सा एप डेभलपर्सलाई दिन्छ । त्यस्तै गुगल प्ले स्टोरबाट डाउनलोड गरिने कतिपय इ बुकहरु पनि सशुल्क हुन्छन् । कतिपय कम्पनीहरु त आफ्ना एपलाई प्रबर्द्धन गर्नका लागि पनि गुगललाई पैसा तिर्दछन् । गुगल प्ले स्टोरमा मूभी हेर्नका लागि पनि पैसा तिर्नुपर्दछ । यी सबै माध्यमबाट प्ले स्टोरले पैसा कमाइरहेको हुन्छ । एजेन्सीको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>