मेलम्ची बाढिपीडितलाई ‘विश्व हिन्दू परिषद’को सहयोग

६ असार,काठमाडौं मकल राई। मिति २०७८ असार १ गते मंगलबार राति मेलम्ची नदीमा आएको बाढी बस्तीमा पस्दा दर्जनौ परिवार घरबिहिन भएका छन । बाढीले ठुलो जनधनको क्षती भएको छ ।
यस प्राकृतिक आपत्ती कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौले संयुक्तरूपमा राहत एवं उद्यार कार्य शुरु गरेको छ । समग्र देश कोरोना महामारी प्रकोपसँग जुधिरहेकै अवस्थामा मेलम्चीबासी प्राकृतिक प्रकोपका कारण थप संकटमा परेको छ । पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय संकटमा परेको हुन् ।
यस दुखदायी अबस्थामा पारेका हरुलाई मल्हम पट्टि गर्न विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ समर्पणका संयुक्त राहत टोलीले शनिबार मेलम्चीमा पुगी बाढिपीडितलाई सहयोग एवं राहत स्वरुप निम्न सामग्रीहरु उपलब्ध गराएको छन् ।
१. थाल १०० पिस
२. गिलास १०० पिस
३. कटोरा १०० पिस
४. फ्राईपिन ५ पिस
५. कम्बल १०० पिस
६. प्रेसर कुकर २५ पिस
७. त्रिपाल १२२ पिस
८. ग्याँस चुलहा ४८ पिस
९ छुलहा पाइप ४८ पिस
१० डिनर प्लेट ७२ पिस
११ थरमस ४८ पिस
१२ कराई ८ पिस
१३. रासन प्याकेट २०० पिस
रासन सामाग्रीहरु प्रति प्याकेट
१. चामल १० किलो
२. दाल २ किलो
३. तेल १ लिटर
४. चना २ किलो
५. सोयाबिन २०० ग्राम
६. चिउरा २ केजि
७. नुन १ पाकेट
८. बेसार १ पाकेट
९. मिक्स मसला १ प्याकेट
१०. खुर्सानी १ प्याकेट
११. चाउचाउ १० प्याकेट
१४. मच्छर धुप
आगामी चरणहरुमा थप सहयोग सामग्री उपलब्ध गराउन प्रयास गरिने विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमारले एम बि खबरलाई जानकारी गराउनुभएको छ ।




