धर्म संस्कृतिसमाचारसुदूरपश्चिम प्रदेश

कैलाली चौंरीमा बेथलेहेम चर्चको ख्रीष्टमस शुभकामना कार्यक्रम सम्पन्न

पौस ९,कैलाली। कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा ५ चौंरीमा रहेको बेथलेहेम चर्चको आयोजनामा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम सु-सम्पन्न भएको छ।

चौंरीमा अवस्थित श्री जन जागृती उच्च मा वि चौंरिका ११ र १२ का बिद्यार्थिहरु बिच ख्रीष्टसमसको पुर्वसंन्ध्यामा सम्पन्न ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रममा बेथलेहेम चर्चका पाष्टर युवराज सार्कीले बिद्यालयका शिक्षकहरुलाई खादा लगायर अभिनन्दन गर्नु भयको थियो।

लम्किचुहा नगरपालिका ५ की वडा अध्यक्ष माया बिष्ट कार्यक्रमका प्रमुख अतिथी रहेको उक्त कार्यक्रम ख्रीष्टमसको केक काटेर सुरुवात गरियको थियो । कार्यक्रममा बोल्नुहुँदै ख्रीष्टमस एक बिश्वाव्यापी पर्व रहेको कुरा प्रष्टाउनु भयको थियो। साथै चर्चलाई आवश्यक पर्ने सामाग्री तथा चर्च लाई भौतिक संरचना बनाउनको लागि आफुले सक्दो साहायता गर्ने प्रतिवद्वता पनि व्यक्त गर्नु भयको छ।

कार्यक्रममा श्री जन जागृती उच्च मा वि चौंरिका ११ र १२ का बिद्यार्थिहरु तथा बिद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुको उपस्थिती रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>