समाचारसुदूरपश्चिम प्रदेश

बझाङको धौलिगाड खोलामा खसेर एक जनाको मृत्यु

बसन्त बोगटी, धनगढी। बझाङको खप्तडछान्ना गाउँपालिकामा खोलामा खसेर एक जनाको मृत्यु भएको छ। खप्तडछान्ना गाउँपालिका – ४ बाँसकाटियाका बर्ष ५२ का मिन बहादुर रोकायाको धौलिगाड खोलामा रहेको साघुँ तर्ने क्रममा साघुँबाट चिफ्लिएर मृत्यु भएको हो।

रोकाया पसल बगर बाट घर जाने क्रममा साघुँबाट चिफ्लिएर धौलिगाड खोलामा खसेपछी निधार टाउँको र शरिरका अन्य भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी कमल प्रसाद चौधरीले बताएका छन्। उनी मंगलबार राती खोलामा खसेका घरपरिवारलाई कुनै जानकारी नभएको उनका भतिज दिनेश रोकायाले जानकारी दिएका छन्।

रोकाया मंगलबार देखि घरमा नआएपछी विहिबार खोजी गर्दा खोलामा मृत फेला परेका र शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल सिमखेतमा राखिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>