समाचार

श्याम राईको अध्यक्षमा उपत्यका किरात राई पत्रकार संघको नयाँ नेतृत्व

काठमाडाैँ। किरात राई पत्रकार संघ उपत्यका समन्वय समिति, काठमाडाैँले नयाँ नेतृत्व पाएकाे छ। किरात राई यायाेक्खाकाे मुख्यालय काेटेश्वमा शुक्रबार सम्पन्न ५औं अधिवेशनले पत्रकार श्याम राईकाे नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे। समितिकाे उपाध्यक्षमा मकलसिं राई र बबिता निर्वाचित भएका छन् भने सचिवकाे जिम्मेवारी धनबल राईले पाएका छन्।

यस्तै सहसचिव तेज किराती बन्दा काेषाध्यक्षकाे जिम्मेवारी जेनी राईले पाएकी छिन् । समिति ९ सदस्यीय बन्ने र बाँकी २ जना सदस्य पछि मनाेनीत गर्ने समितिकाे पहिलाे बैठकले गरेकाे छ। यसैबीच कार्यक्रममा किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार गणेश राई सम्मानित भएका छन्। कार्यक्रमका बीच विशिष्ठ अतिथिकाे रूपमा रहेका राईलाई समितिले सम्मान पत्रका साथमा किराती परम्पराअनुसार फेटा बाँधिदिएर सम्मान गरेकाे हाे।

कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा किरात राई पत्रकार संघकाे ५औं केन्द्रीय अधिवेशन आयाेजक समितिका संयाेजक अवतार राई रहेका थिए भने कार्यक्रमका बीच आयाेजक समितिका सदस्य-सचिव कृष्णजित राईसँगै किरात राई पत्रकार संघका निवर्तमान केन्द्रीय सचिव सन्दीप राईलगायतकाे उपस्थिति थियाे। यसअघि प्रकाश चाम्लिङ राईको नेतृत्वमा समिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>