प्रदेश १समाचारस्थानीय

गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना छुटे

खोटाङ। खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटेका छन्। गोरु काटेको अभियोगमा गत २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ, ३५ वर्षीय गणेशबहादुर तामाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका पेमा शेर्पा मंगलबार पुर्पक्षका लागि जिल्ला अदालतको आदेशमा जनही १० हजार धरौटी बुझाएर छुटेका हुन्।

चार अभियुक्तको पक्षमा अधिवक्ता ओमप्रकाश घिमिरेले बहस गरेका थिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासु विक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। पक्राउ परेका अभियुक्त अनुसन्धान र कारबाही प्रकृया जारी रहनेगरी २६ माघमा हिरासतमुक्त भएका थिए।नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद, नेपाल तामाङ घेदुङ लगायतको पहलमा अनुसन्धान र कारबाही प्रकृया जारी रहनेगरी उनीहरु रिहा भएका थिए।

गोरु काट्न लगाएको बयान आएपछि शेर्पामाथि पनि कारबाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ। उनीहरु बिरुद्ध ‘पशुपन्छी सम्वन्धी कसुर गोरु काटी मारेको’ मुद्धा चलाइएको थियो। राई, तामाङ, शेर्पालगायतका जनजाती समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ। तर गोरु काट्नेलाई सजाय हुने कानूनी व्यवस्था छ। यही विषयले गर्दा जनजाती समुदाय र स्थानीय प्रशासन/प्रहरी बीचमा बेलाबेलामा द्धन्द्ध सिर्जना हुने गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>