मनाेरञ्जन

पुनः प्रसारण हुने ‘मुन्द्रेको कमेडी क्लब’

मुन्द्रेको कमेडी क्लब पुनः सुरू हुने भएको छ। हास्य कलाकार जितु नेपालले पुनः टेलिभिजनमार्फत मुन्द्रेको कमेडी क्लब सुरू गर्ने भएका छन्।

केही समय बन्द भएको कार्यक्रम पुनः सुरू गर्ने नेपालले जानकारी दिए। ‘मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले पुनः सुरू गर्न लागेको हुँ’, सेतोपाटीसँग कुरा गर्दै नेपालले भने, ‘हिजोका केही कमीकमजोरीलाई हटाउँदै नयाँ जोश, जाँगर र उत्साहसहित आउन लागेको छु।’ उनले केही नयाँ अनुहार, नयाँ सेटअप र नयाँ मनोरञ्जनका साथ प्रयोगसहित आउन लागेको बताए।

कार्यक्रमलाई दिनेश डि.सी.ले निर्देशन गर्ने उनले जानकारी दिए। कार्यक्रम प्रशारण हुने टेलिभिजन र मिति भने टुंगो भइनसकेको उनले बताए। ‘कार्यक्रमलाई दिने डिसीले निर्देशन गर्नुहुन्छ। टेलिभिजनको टुंगो लागेको छैन। १-२ दिनमा पत्रकार सम्मेलन गरेर हामी सार्वजनिक गर्छौ’, उनले भने, ‘मुन्द्रे केही आत्तिएला तर मात्तिने छैन। मुन्द्रेले धेरै हसाउन नसक्ला तर रूवाउने छैन। मुन्द्रेले धेरै राम्रो गर्न न सक्ला तर नराम्रो गर्ने छैन।’

उनले दर्शकले माया गरेर आफ्नो नामनै परिवर्तन गरिदिएको भन्दै ‘मुन्द्रे’ निराश भएर घर बस्न नचाहने बताए। ‘त्यसैले अब आउँछ ‘मुन्द्रे’ आफ्नो क्लब लिएर।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>