
ईटजरी, १६ असाेज /जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य,शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष दलमर्दन कामीले पुरानो एमाले काङ्ग्रेस माओवादी पार्टी जस्तै गरेर जसपामा पनि एउटा जातीको बर्चस्व रहने र शिल्पी दलितको समानुपातिक प्रतिनिधित्व नगरे आफुले बिद्रोह गर्ने भन्दै पार्टी लाई चेतावनी समेत दिएका छ्न ।
नेपाली समाज इद्रेणी समाज झै रहेको र हामी नेपालको राष्ट्रिय गितनै सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभमभै फैलिएका मेचीमहाकाली तर नेपालका हरेक पार्टी हिन्दुवर्णश्रम व्यवस्थामा आधारित रहि अहिले सम्म सबै पार्टीहरुमा एकल नस्लवादी बाहुनवादी हावी रहि त्यसै बलमा सरकार बनेका कारण देशमा अहिलेसम्म जातीय विभेद छुवाछूत र शिल्पी/ दलित समुदाय माथि अन्याय अत्याचार भैरहेको आरोप लगाउदै जसपाले कुनै पनि हालतमा त्यसो गर्न नहुने भन्दै पार्टीले पार्टी केन्द्र देखि स्थानीय निकाय सम्म शिल्पी दलितको समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएकाहुन।
केन्द्रिय सदस्य कामिले जसपाको १ नम्बर प्रदेश स्तरीय शिल्पी दलितको बैठकमा पार्टीको १ नम्बर प्रदेश समितिमा एकाध प्रतिनिधित्व मात्रै गराएको भन्दै उनले तत्काल शिल्पी दलितको समानुपातिक प्रतिनिधित्व गर्न गराउन माग गर्दै आफ्नो हकाआधिकार कालागी सशक्त लाग्न आफू नेतृत्वको मातहतका शिल्पी विशेष समिति १नम्बर प्रदेशलाई प्रशिक्षणमा सो कुरा बताएका सो बैठकमा सहभागी एक नेताले बताएका हुन ।

जसपा नेपाल शिल्पी विशेष समितिको बैठक असाेज १६ गते सनिश्चवार जसपाको प्रदेश नम्बर १ पार्टी कार्यलयको शभाहल सुनसरीको इटहरीमा सम्पन्न भएकाे थियो । बैठक समितिका अध्यक्ष नरेश विश्वकर्माकाे अध्यक्षता भएको कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य साथै शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे विशेष बैठकले पार्टीद्वारा संचालित सुदृढीकरण तथा जनजागरण अभियानलाई प्रभावकारी बनाउन उदेश्यले प्रदेश समितिको विशेष बैठक बसेको कुरा १ नम्बर प्रदेश शिल्पी विशेष समितिका अध्यक्ष नरेश बिश्वकर्माले जनाए ।
सो बैठकले पार्टी द्वारा संचालित सुज अभियान लाई प्रभावकारी रूपमा संचालनका लागि शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका उपाध्यक्ष ज्ञानकुमार परियारकाे संयाेजकत्वमा सदस्य सचिव समाजवादी शिल्पि/दलित मुक्ति संगठन प्रदेश १ का अध्यक्ष वालकुमार मुदेल, सदस्यहरुमा गाेमा भूसाल (झापा) ,नरेश विश्वकर्मा (सुनसरी), धनिकलाल खत्वे (सुनसरी) , माेहन विक (उदयपुर), बुद्ध बराईली (झापा), मनकुमार विक (झापा), तिलक मुदेल (खाेटाङ्ग) शाेभा हरिजन (माेरङ्ग) र मणिराम घतानी (सुनसरी) लगायतका ११ सदस्यीय सचिवालय समिति गठन गरेकाे छ
समितिले सबै जिल्ला समन्वय समितिसंग सहकार्य गरि पार्टी द्वारा संचालित सुज अभियानमा शिल्पी /दलितहरुकाे उल्लेख्य उपस्थिति गराउने निर्णय समेत गरेकाे छभने पार्टी प्रदेश समितिको गठन पुनर्गगठन गर्दा समितिमा शिल्पी समुदायलाई पदाधिकारी सहित सदस्यमा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्न गराउन जोडदार माग गर्ने निर्णय गर्दै १ नम्बर प्रदेशमा शिल्पी/दलित मुक्ति संगठनलाई १४ वटै जिल्लामा आगामी कार्तिक मसान्त भित्रमा गठन गर्ने र मङ्सिरको दोस्रो हप्ता भित्रमा शिल्पी विशेष समिति १ नम्बर प्रदेशको प्रदेश स्तरिय भेला कार्यक्रम गर्ने निर्णय समेत गरेकाे अध्यक्ष नरेश बिश्वकर्माले जानकारी दिएकाछ्न । उक्त प्रशिक्षण मुलुक बैठकमा पार्टी प्रदेश बाट कृष्ण लिम्बु र पार्टी नगर सचिव योसा गुरागाइले समेत मन्तव्य राखेका थिए ।




