समाचार

लाइन्स क्लबद्वारा सामाजसेवी तुलसी श्रेष्ठ सम्मानित

११ माघ काठमाडौं। लाइन्स क्लब इन्टरनेसनल अफ ललितपुर माउन्ट एभरेस्टले सामाजसेवी तुलसी श्रेष्ठलाई एक कार्यक्रममा सम्मान गरेको छ।

हिजो माघ १० लाइन्स क्लब इन्टरनेसनलको ललितपुर च्याप्टर ‘लाइन्स क्लब इन्टरनेसनल अफ ललितपुर माउन्ट एभरेस्ट’ले सामाजसेवी तथा सहानुभूति नेपालका संस्थापक अधक्ष तुलसी श्रेष्ठलाई सम्मान गरेको हो। श्रेष्ठले बिगत कोरोना महामारीले भएको लकडाउन देखि नै भोकाहरुको पेट भर्दै, बिरामीलाई अक्सिजन बढ्दै आउनुभएको थियो। अहिले ब्यबारिसे हरुलाई रेस्क्यु गरेर पाल्दै आउनुभएको छ।

प्रमुख अतिथि डिस्टिक चिफ लाइन ज्योति केसी रहनुभएको कार्यक्रममा विशिष्ट अथिति एरिया चिफ लाइन तारामान धामी रहनुभएको कार्यक्रममा लाइन्स क्लब इन्टरनेसनल अफ ललितपुर माउन्ट एभरेस्टले सदस्यहरुलाई चार्टर सर्टिफिकेट र पिन वितरण गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>