समाचार

खोटाङ ‘किरात राई पत्रकार संघको’ अध्यक्षमा असल चरित्र

खोटाङ। किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा असल चरित्र चयन भएका छन्। बिहिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पाँचौं अधिबेसनबाट असल चरित्र किरात राई पत्रकार संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

संघको उपाध्यक्षमा कृष्णकला राई, सचिवमा योगीन राई, सह–सचिवमा रेमन राई र कोषाध्यक्षमा मेनुका चाम्लिङ चयन भएका छन्। सदस्यमा क्रिष्टिना राई, जीवन चाम्लिङ, राई अशोक, एल्जीना राई, पवित्रा राई र सदिक्षा राई चयन भएका छन्। केन्द्रीय प्रतिनिधिमा उजुर राई, सञ्जिव राई, गोमा राई र टिवन राईलाई चयन गरिएको छ। कार्यक्रम निवर्तमान अध्यक्ष गोमा राईको अध्यक्षता, किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीम राईको प्रमुख आतिथ्यता एबं किरात राई यायोक्खाका जिल्ला सचिव युगसन किरातको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन–सत्रमा नेपाल आदिबासी जनजाती समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पा, एलबी मगर, डारविन चाम्लिङ लगायतका अतिथिको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>