सूचना प्रबिधि

चीन संसारकै ठूलो फाइभजी नेटवर्क बन्यो

काठमाडौं। पछिल्लो समय छिमेकी मुलुक चीनले सूचना एवं सञ्चार प्रविधिमा निकै ठूलो छलाङ हानेको छ। यसै क्रममा त्यहाँ संसारकै विशाल फाइभजी नेटवर्क स्थापना गरेको छ।

सोमाबार चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले गत वर्षको अन्त्यसम्ममा झण्डै १४ लाख ३० हजार फाइभजीका ‘बेस स्टेशन’ निर्माण भएको जनाएको हो। योसँगै संसारभरका फाइभजी नेटवर्कमध्ये ६० प्रतिशतभन्दा बढी चीनमा रहेका छन्। मन्त्रालयका अनुसार हरेक १० हजार मानिसलाई करिब १० वटा फाइभजीका बेस स्टेशनले सेवा प्रदान गरिरहेका छन्। जुन संख्या २०२० को तुलनामा दोब्बर हो।

यो वर्षसमेत फाइभजी सेवा र गिगाबिट नेटवर्कलाई थप विस्तार गरिने मन्त्रालयको भनाइ छ। चीनमा फाइभजी नेटवर्कका लागि गत वर्षसम्म झण्डै २९ अर्ब डलर खर्च भइसकेको छ। साथै, सन् २०२३ सम्म फाइभजीका प्रयोगकर्ता ५६ करोडभन्दा बढी पुर्‍याउने लक्ष राखिएको छ। चीनका मोबाइल अपरेटरले आफ्ना ग्राहकलाई २०१९ को अक्टोबरदेखि पाँचौ पुस्ता (फिफ्थ जेनेरेशन)को सञ्चार सेवा प्रदान गर्न थालेका थिए। फाइभजी नेटवर्कको तीब्र विस्तारसँगै चीनले दूरसञ्चार प्रविधिमा अग्रणी भूमिका निभाउँदै आएको छ।

सन् २०२० मा चीनभर ५ लाख ८० हजार फाइभजीका बेस स्टेशन स्थापना गरी सबै प्रमुख शहरलाई नेटवर्कमा जोडिएको थियो। विश्वका कैयौं मुलुकमा फाइभजी प्रविधि भर्खरै सुरु हुन थालेको छ। तर, गत वर्ष चिनियाँ कम्पनी हुवावेले सिक्सजी नेटवर्क स्थापना गर्ने घोषणा गरेको थियो। उक्त नेटवर्कलाई सन् २०३० सम्ममा बजारमा ल्याउने कम्पनीको योजना रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>