
फाल्गुन ७ महोत्तरी, नवीन साह। महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिकाको रामगोपालपुरको समुदायिक भवनमा दोस्रो जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय सदस्य तथा ने क पा एमाले महोत्तरी जिल्लाको सह-ईन्चार्ज सरोज कुमार यादवको प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ट आतिथि नेपाल कम्यूनिष्ट पार्टी (एमाले) केन्द्रीय सदस्य र महोत्तरी जिल्ला अध्यक्ष टेकबहादुर बलमपाकी तथा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेकपाको केन्द्रीय उपाध्यक्ष जगत नेपाल तथा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको केन्द्रीय सचिव हिमालय तिवारी, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको केन्द्रीय सदस्य निर्मल कुमार दहाल, नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य नरेश मुखिया, नेकपा एमाले महोत्तरी जिल्ला कमिटी सदस्य राम दुलार साह, रामगोपालपुर नगरपालिका वडा नं• ७ वडा अध्यक्ष शम्भु साह, नेकपा एमाले महोत्तरी जिल्ला उप सचिव फेकन रामको उपस्थिति रहेको उक्त कार्यक्रममा सयौको संख्यामा नागरिक समाज, नगर बासी र ने.क.पा.(एमाले) कार्यकर्ताहरुको उपस्थितिमा दोस्रो जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न भएको छ।
पुरानो कमिटी बिघटन भई १३ सदस्य नयाँ कमिटी पदाधिकारीहरु निम्न यसप्रकार चयन भएको छ। दिनेश राय (अध्यक्ष),मोहन कुमार मंडल (उपाध्यक्ष), राधिका नेपाली(महिला उपाध्यक्ष), रामेश्वर प्रसाद यादव (सचिव), हरिदेव मंडल (कोषाध्यक्ष), चान्दनी यादव (सदस्य),उदय यादव (सदस्य), अर्चना सिंह (सदस्य), महबुब रेजा अन्सारी(सदस्य), हरिशंकर मंडल (सदस्य),रामबिर कुमार यादव(सदस्य),जफर हुसैन (सदस्य),ममता यादब (सदस्य) नव निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरुलाई अध्यक्ष मंडलका अध्यक्ष जगत नेपालीबाट सपथ ग्रहण तथा प्रमाण पत्र बितरण गरी कार्यक्रम सम्पन्न भएको थियो।




