अन्तराष्ट्रिय

युक्रेनमा रुसी गोलाबारी ८ जनाको मृत्यु

१२ फागुन, काठमाडौं । युक्रेनमा रुसले गरेको गोलाबारीमा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ। प्रारम्भिम विवरण अनुसार हालसम्म युक्रेनमा रुसी गोलाबारीबाट कम्तिमा आठ जनाको मृत्यु भएको रोइटर्स समाचार माध्यमले जनाएको हो।

युक्रेनी गृह मन्त्रीका एक सल्लाहकारले आठ जनाको ज्यान गएको र ९ जना घाइते भएको बताएका हुन्। बिहीबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष सैन्य कारबाही सुरु भएको घोषणा गरेलगत्तै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी फौज प्रवेश गरिसकेका छन्। बेलारुसको सीमाबाट समेत रुसी फौज प्रवेश गर्न थालेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। त्यस्तै, पुटिनको घोषणालगत्तै युक्रेनको राजधानी किएभसहित कैयौं शहरमा विस्फोट भएको छ।

युक्रेनको सेनाले ५ वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ। तर रुसले आफ्नो कुनै विमान वा हेलिकप्टर नखसालिएको र युक्रेनको हवाई प्रतिरक्षा प्रणालीसहित वायु सेनाका अखडा एवं पूर्वाधार ध्वस्त पारेको बताएको छ। गार्जियनबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>