CMS द्धारा युट्युब कार्यशाला सम्पन्न

बैशाख ११ ललितपुर । ख्रीष्टियन मिडिया सोसाइटीको आयोजनामा एक दिने युट्युव व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ।
ललितपुर स्थित क्वालिटी फुडल्याण्ड क्याफेमा आइतबार आयोजित युट्युव व्यवस्थापन तालिममा ४३ जनाको सहभागिता रहेको थियो। युट्युवलाई व्यवसायिक रुपमा सञ्चालन गर्न चाहने युवाहरु थप महत्वपूर्ण जानकारी दिने उद्देश्यले ख्रीष्टियन मिडिया सोसाइटीले उक्त तालिमको आयोजना गरेको हो। युट्युवलाई व्यवसायिक रुपमा सञ्चालन गर्न चाहने देशका विभिन्न क्षेत्रका युवाहरुलाई आउने दिनमा तालिम दिने ख्रीष्टियन मिडिया सोसाइटीका अध्यक्ष सुमित नेपालीले जानकारी दिनुभएको छ।
आयोजित तालिममा Content Management, system मा पर्ने Thumbnail Monetize, Copyright तथा युट्युब व्यवस्थापन सम्बन्धित सम्पूर्ण आधारभूत बिषयहरुमा सिकाइएको थियो। युट्युव व्यवस्थापन सम्बिन्ध रुची राखी तालिममा सहभागी युवाहरुले अझै थप तालिमको अपेक्षा गरेका छन् भने आउने दिनहरुमा यस्ता खाले लाभदायिक कार्यक्रमहरु ख्रीष्टियन मिडिया सोसाइटीले आयोजना गर्ने सोसाइटीका उपाध्यक्ष विश्वास थापाले बताउनुभयो। आयोजित तालिमको लागि प्रशिक्षकको रुपमा युट्युवाट मान्यता प्राप्त फोकस क्रियशनका विष्णु जि.सी, रुविना लाकोल र सुमित श्रेष्ठ रहनुभएको थियो भने कार्यक्रमलाइ ममता कैनिले संचालन गर्नुभएको थियो।




