धर्म संस्कृतिसमाचारस्थानीय

तमु ल्होसारको अवसरमा भोलि सार्वजनिक विदा

काठमाडौं। सरकारले तमु ल्होसार पर्वको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारको निर्णय अनुसार भोली बिहीबार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमा समेत सार्वजनिक विदा दिइने छ।

तमु ल्होसार गुरुङ जातिको महान चाड हो। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ। ल्होसार भनेको नयाँ वर्ष हो। हाल यो हिन्दू जातिको भारतिय पात्रो बिकम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ। तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ। प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पती भएको मानिन्छ।

ल्होसारकै दिनभन्दा अघिल्लो आज साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।

ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन्। अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन्। गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारा पनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>