
दिपेन्द्र राई,उदयपुर। पशुपति माध्यमिक बिद्यालयमा कक्षा ११ को परिक्षामा विद्यार्थीको सट्टामा शिक्षकले परिक्षा दिएको बिद्यालय ब्याबस्थापन समितिको अध्यक्षले जानकारी गराउनुभएको छ।
उदयपुरको रौतामाई गाउपलिका स्थित वडा न ५ अन्तर्गत पर्ने पशुपति माध्यमिक बिद्यालयमा कक्षा ११ को शिक्षा संकायको परिक्षा भैरहेको अबस्थामा बिद्यालय ब्याबस्थापन समितिको अध्यक्ष मदन राई पुग्नुभएको थियो। हाजिर खातामा ४६ जना उल्लेखित बिद्यार्थी भएको तर ४४ जना मात्र उपस्थित भएको देखि संका लागेर अन्य ठाउमा हेर्ने क्रममा उक्त विद्यालयको निमाबी राहत शिक्षक संगत राईलाई लेखा फाँटमा बिद्यार्थीको उत्तर पुस्तिकामा लेखिरहेको फेला परेको थियो, फोटो सामाजिक संजाल फेसबुकमा समेत अपलोड गरेका थिए।
उक्त बिषय उजुरी परेको साथै सामाजिक संजालमा देखिएकोले शिक्षा एन २०२८ को दफा १७: १ क र ङ तथा रौतामाई गाउपलिकाको शिक्षा नियमावली दफा ४७ को उपदफा ७ को बिपरित भएकोले शिक्षक संगत राईलाई ३ दिनको स्पस्टिकरण मागेको छ, शिक्षा विकास तथा समन्वय उदयपुर, राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय लाहान र प्रहरी चौकी त्रि न पा १४ साउनेलाई पत्राचार गरिएको छ, यस्तो घटना घट्नमा केन्द्राधक्षको हात हुन सक्ने भएकोले संलग्न रहे नरहेको भन्दै केन्द्राधक्ष समेत रहेका पशुपति माध्यमिक बिद्यालयका प्र अ महेन्द्र राउतलाई स्पस्टिकरण माग गरेको छन्। भने बिद्यालय ब्याबस्थापन समितिलाई पनि दुवै शिक्षक बिधार्थीको छानबिनको माग गर्दै पत्राचार गरेको छ। रौतामाई गाउँपालिकाको शिक्षा शाखा प्रमुख गोविन्द कार्कीले एम बि खबरलाई बताएका छन्।
यो बिषय अहिले सम्म उजुरी मात्र परेको छ, छानबिन प्रकियामा छन् यदी यो कुरा सत्य प्रमाणित भए भने ६ महिना कैद १ लाख जरिबाना हुने वा दुवै हुन सक्ने प्राबधान छन्।




