समाचार

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई मासिक ५० हजार भत्ता

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार भत्ता दिने भएको छ।

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार भत्ता दिने भएको छ। यसअघि उनलाई मासिक २५ हजार रूपैयाँ दिने गरिएकोमा अब ५० हजार दिइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि यसअघि मासिक २५ हजार रूपैयाँ भत्ता दिँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ’, मन्त्री कार्कीले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>