समाचार

महानगरले ठेला खोसेको शर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने

काठमाडौं। काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेको शर्मिला ठकुरीलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने भएका छन्।

बिहीबार थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिला तामाङको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको थियो। सामाजिक सञ्जालमा उनले ठेला जोगाउन गरेको अनुनयलाई महानगर प्रहरीले बेवास्ता गरेको भिडियो भाइरल भइरहेको छ।

महानगरपालिकाले पछिल्लो समय फुटपाथ र ठेलामा व्यापार गर्नेहरुलाई धरपकड बढाएको छ। नगर प्रहरीले ठेला खोसेर लैजाने क्रममा तामाङको विलौना देखेर शर्मिलालाई सहयोग घोषणा गर्नेहरु थपिँदै गएका छन्। त्यसै क्रममा धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले एक महिनाको तलब दिने घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘यी बैनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु!जय मान्छे।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>