‘तिमी सागर’ मा रामकृष्ण र मेलिनाको स्वर

गीतकार टेक तामाङको नयाँ कोसेली ‘तिमी सागर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। कन्काइष्ट राईको सङ्गीत, रामकृष्ण ढकाल र मेलिना राई स्वर रहेको गीतमा साहस शाक्यको सङ्गीत संयोजन छ।
गीतमा जलचक्रको माध्यमबाट हिमाल र सागरको अनवरत मिलन भए जस्तै प्रेम एक अनुभूति हो। जसलाई भौगोलिक दूरीले त्यति फरक पार्दैन भन्ने भावभूमिमा सृजना भएको छ। एभरेस्ट ग्यालरीको ब्यानरमा बनेको म्युजिक भिडियोमा सनम कठायत र रिचा थापाका अभिनय छ। दीपक गिरीको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियो जनक सिंहले निर्देशन गरेका हुन्।
गीतकार तामाङको यसअघि ‘नजिक भएर पनि’, ‘तिमीलाई माया गर्छ’, ‘आमा’, ‘जीवनसाथी’, ‘माया गरेर हेर’, ‘मै खुकुरी अघिसरी’ लगायत आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत बजारमा आइसकेका छन्। नेपाल प्रहरी सेवाको डिआइजी पदमा कार्यरत गीतकार तामाङले एक हातमा कर्तव्य बोध बन्दुक भएपनि अर्काे हातमा कलम बोकेर पनि निरन्तर सिर्जना गरिरहेका छन्।