भिडियो
हेमन्त शर्माको ‘किन झस्कियौं’ सार्वजनिक

गायक हेमन्त शर्माको नयाँ गीत बजारमा आएको छ। बुधबार सार्वजनिक गीतमा गायक शर्मालाई गायिका कला लम्सालले गायनमा साथ दिएकी छिन।
‘किन झस्कियौं’ बोलको सार्वजनिक गीत रोमान्टिक शैलीको गीत हो। सार्वजनिक गीत रमेश बिजीले लेखेका हुन्।गीतमा दीपक शर्माको संगीत सुन्न सकिन्छ। संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन्। गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ।
अग्रि रिजालले निर्माण गरेको म्यूजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना सुन्दासले अभिनय गरेका छन्। बुद्ध थापाले छायांकन गरेको भिडियो सम्पादन विकास धमलाले गरेका छन्।




