मनाेरञ्जन

आकाशको जन्मदिनमा गरे १ लाख १७ हजार सहयोग

नायक आकाश श्रेष्ठको जन्मदिनको अवसर पारेर उनका फ्यानहरुले काठमाण्डौमा भव्य कार्यक्रमको आयोजना गरेका छन् ।

‘पुजा आकाश फ्यान क्लब’ले २ ठाउँमा कार्यक्रम आयोजना गरेका थिए । सो अवसरमा १३ महिनाकी बालिका सियोना श्रेष्ठको उपचारका लागि ‘पुजा आकाश फ्यान क्लब’का सदस्यहरुले १ लाख १७ हजार रुपैयाँ नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठको हातमा हस्तान्तरण गरेका थिए । सियोनाको उपचारका लागि २५ करोड रुपैयाँ आवश्यक पर्छ । यस्तै, उनीहरुले बेबारिसे लास व्यवस्थापनका लागि भन्दै ४५ हजार रुपैयाँ पनि सहयोग गरेका छन् । पुजा र आकाशले पवित्रा लामालाई यो रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा फ्यानहरुले पुजा र आकाशलाई १ तोलाको सुनको औठी पनि लगाइदिएका थिए । आकाशको जन्मदिन सेलिव्रेशनका लागि इटहरी, सर्लाही, विराटनगर, सिराहा, ओखलढुंगा लगायतका ठाउँमा उनका फ्यानहरु काठमाण्डौ आएका थिए । नेपालमा कलाकारहरुको जन्मदिन फ्यानले यती भव्य रुपमा सेलिव्रेशन गरेको खासै पाइदैन । पुजा र आकाशले फ्यानले दिएको मायाले आफूहरु निकै नै भावुक बनेको प्रतिक्रिया दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>