मनाेरञ्जन

‘म मदनकृष्ण’ को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

काठमाडौं । काठमाडौंमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित कथानक फिल्म ‘म मदनकृष्ण’ को छायांकन प्रारंभ भएको छ। शुक्रबार शुभमुहूर्त गरेर यसको छायांकन थालिएको हो ।

फिल्मको छायांकन काभ्रेको पाँचखाल, पनौती, र काठमाडौंमा गरिने छ । निर्माताले चलचित्रको प्रदर्शन मिति चैत ४ गते भनेर घोषणा गरेका छन् । फिल्मको निर्देशन मिलन चाम्सले गरेका छन्। चाम्सका अनुसार, मदनकृष्णको प्रेरणादायक संघर्ष, सफलता, र जीवनका अनुभवहरूलाई समेटिएकाले ‘म मदनकृष्ण’ एक उत्कृष्ट चलचित्र बन्नेमा टिम विश्वस्त छ ।

फिल्ममा मदनकृष्णको भूमिका महेश त्रिपाठीले निभाउनेछन् भने केकी अधिकारीले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका अवतरण गर्नेछिन् । अरुण क्षेत्रीले हरिवंश आचार्यको भूमिकामा देखिनेछन् र उनको विपरीत वर्षा राउत, आचार्यको श्रीमतीको भूमिकामा उपस्थित हुनेछिन् ।बायोपिकमा मदनकृष्णको बाल्यकाल, सरकारी सेवा, हरिवंशसँगको सहकार्य, र अन्य जातीय विवाहको कथा समावेश गरिएको छ ।

फिल्ममा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतम लगायतका कलाकारहरूको अभिनय रहनेछ । भिन्टेज मोसन पिक्चर्सले प्रस्तुत गर्ने यो बायोपिक ‘मदनकृष्ण’ को निर्माण राजकुमार श्रेष्ठले गर्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>