कृषक होम बहादुर कार्कीको व्यावसायिक अकबरे खुर्सानी खेती

रामेछाप लिखु तामाकोशी गाउँपालिका–१, दुरागाउँका कृषक होम बहादुर कार्कीले वैदेशिक रोजगारीबाट फर्किएपछि आफ्नै गाउँको माटोलाई कर्मभूमि बनाउँदै व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गर्नुभएको छ ।
परदेशमा बगाएको पसिनाको अनुभवलाई आफ्नै खेतबारीमा प्रयोग गर्दै उहाँले आत्मनिर्भर बन्ने साहसिक निर्णय लिनुभएको हो । विदेशबाट फर्किएपछि पुनः विदेश जाने बाटो रोज्नुको सट्टा आफ्नै माटोमा सम्भावना देखेर कृषि उद्यममा लाग्नु आत्मनिर्भरता र साहसको उदाहरण हो ।
यो केवल खुर्सानी खेतीको सुरुवात मात्र नभई विदेशिनुपर्ने बाध्यतालाई चुनौती दिने प्रयास हो । यो आफ्नै गाउँमा सम्भावना खोज्ने सोच र माटोलाई सम्मान गर्दै आत्मनिर्भर बन्ने सपना पनि हो ।
कृषक कार्कीको श्रम, साहस र स्वदेशमै केही गर्ने अठोटको सबैले प्रशंसा गरेका छन् । उहाँको कृषि यात्रा सफल रहोस् र धेरै युवाका लागि प्रेरणाको स्रोत बनोस् भन्ने शुभकामना व्यक्त गरिएको छ । – कविता बुढाथोकी, कृषि प्राविधिक




