मनाेरञ्जन

साउन २० गतेदेखि ‘चपली हाइट ३’ पुन: प्रदर्शनमा

काठमाडौं। निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ।

गत पुस ३० गते रिलिज भएको फिल्म लकडाउनका कारण बीचमै रोकिएको थियो। अब यो फिल्म साउन २० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिए। कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण धेरै दर्शकले ‘चपली हाइट ३’ हेर्न नपाएकाले पुनः रिलिज गर्न लागेको उनले बताए।

फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>