राजनीति

नयाँ प्रधानमन्त्री निवासमा शान्तसँग बस्न पाउनुहुन्छ – प्रधानमन्त्री ओली

२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्न लागेको नयाँ प्रधानमन्त्री निवासको बिहीबार शिलान्यास गरे । त्यस क्रममा उनले आफ्ना आलोचकहरुलाई जवाफ दिन पनि भ्याएका छन् ।

संसद भवनका लागि किन धेरै खर्च गरेको भन्दै आलोचना भएकोमा प्रधानमन्त्री ओलीले गुनासो गरे । उनले भने, ‘नबनाउँदा किन नबनाएको भनेर आलोचना गर्नु र बनाउन लाग्दा किन चाहियो भनेर आलोचना गर्नु मानिसहरुको नकारात्मक मानसिकताको उपज हो ।प्रधानमन्त्री ओलीले नयाँ निवास आफ्नो लागि नभएको बताए ।

उनले भने, ‘म अहिले ४१ औं प्रधानमनत्री छु । यो भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र मपछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’ अबका प्रधानमनत्री छिटोछिटो परिवर्तन नहुने भन्दै उनले त्यसका बाबजुद धेरै प्रधानमन्त्रीले यस भवनमा आफ्नो कार्यकाल गुजार्ने दावी गरे ।

‘मेरो कार्यकाल ठाङठाङ ठुङठुङ सुन्दै बित्ने भयो । छेउमा राष्ट्र बैंक बन्दैछ । त्यसको ठाङठाङ ठुङठुङ, यता आफ्नै भवनको ठाङठाङ ठुङठुङ । राति पनि दिउँसो पनि मैले ठाङठाङ ठुङठुङ सुन्नुपर्छ । अबका प्रधानमन्त्रीले भने शान्तसँग बस्न पाउनुहुन्छ । किनकी त्यतिबेला सबै बनिसकेका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने ।अनलाइनखबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>