अर्थ खबरखेलकुद

हारका बावजुद सिटी काराबाओ कपको फाइनलमा

दोस्रो लेगमा हार बेहोरे पनि म्यान्चेस्टर सिटी काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सिटी चिरप्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडसँग १–० गोलअन्तरले पराजित भए पनि समग्रमा ३–२ ले जीत हासिल गर्दै फाइनलमा प्रवेश गरेको हो ।

युनाइेटको घरेलु मैदानमा खेलिएको पहिलो लेगमा सिटी ३–१ गोलअन्तरले विजयी भएको थियो । आफ्नो घरेलु मैदानमा सिटीले युनाइटेडको पोष्टमा निरन्तर आक्रमण गरे पनि खेलमा उत्कृष्ट प्रदर्शन गरेका युनाइटेडका गोलकिपर डेभिड डिगेयालाई सिटीको प्रयासलाई विफल बनाए ।

खेलको ३५ औँ मिनेटमा निमान्जा माटिचले गोल गर्दै युनाइटेडलाई खेलमा अग्रता दिलाएपछि खेल झनै रोमाञ्चक बन्यो । तर, खेलको ७६ औँ मिनेटमा माटिचले दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरनुपरेपछि युनाइटेडको प्रयासमा धक्का लागेको थियो । युनाइटेडले अन्त्यसम्म पनि गोलका लागि सकारात्मक प्रयास गरेपनि गोल हुनसकेन र सिटीले खेलमा बाजी मार्न सफल रह्यो ।

योसँगै सिटी लगातार तेस्रो पटक लिग कप÷इएफएल कपको फाइनलमा पुग्ने लिभरपुलपछि तेस्रो टोली बनेको छ । यसअघि लिभरपुल र नटिङहाम फरेस्टले यो उपलब्धि हासिल गरेको थियो । अब सिटीले फाइनलमा एस्टन भिल्लाको सामना गर्नेछ । भिल्लाले लेस्टर सिटीलाई हराउँदै फाइन्लमा स्थान बनाएको थियो ।एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>