अर्थ खबर
आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले बिहीबार (माघ १६) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ १० पैसा र बिक्रीदर १२५ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ७४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा रहेको छ ।





