अर्थ खबर

कर्जा सदुपयोग गर्न ऋणी स्वयम् गम्भीर हुनुपर्छ : गभर्नर

२८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिने व्यक्ति स्वयम् ऋणको सदुपयोग गरी त्यसबाट आम्दानी गर्ने विषयमा गम्भीर हुनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सम्बन्धमा आयोजित अन्तरक्रियामा गभर्नर अधिकारीले ऋणीले पनि एकपटक चालुपूँजी कर्जाबारे राम्रोसँग अध्ययन गर्नुपर्ने बताए । गभर्नर अधिकारीले उद्योगमा ३ करोड र व्यापारमा १ करोड रुपैयाँसम्मको कर्जामा चालुपूँजी कर्जा मार्गदर्शन लागु नहुने बताए । यस विषयमा व्यवसायीले पनि बुझ्नु पर्ने उनको भनाइ छ । बैंकहरूले राष्ट्र बैंकलाई देखाएर व्यवसायीलाई असहज गर्दा आर्थिक गतिविधिमा नै असर गरेको गभर्नर अधिकारीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>