राष्ट्रिय
थप १९ जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या १,४२५

काठमाडौं । शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ । शनिबार मात्र यसअघि १९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २५ पुगेको छ ।




