मनाेरञ्जन

अञ्जु पन्तकी छोरी परितोसिका पन्तले अभिनयमा डेब्यू

गायिका अञ्जु पन्तकी छोरी परितोसिका पन्तले अभिनयमा डेब्यू गरेकी छिन् ।

आफ्नै आमा अन्जुको स्वर तथा संगीतमा तयार भएको गीत ‘धेरै माया नदेउ’को म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् । उनको साथमा भिडियोमा कुनसाङ बोमजमले अभिनय गरेका छन् । अन्जुकी छोरी परितोसिकालाई निर्देशक निकेश खड्काले भिडियोमार्फत अभिनय यात्रामा डेब्यू गराएका हुन् । भिडियोमा कथा खोज्ने र कलरफूल बनाउन माहिर मानिने निकेशले परिको पहिलो भिडियो भएकाले पनि सक्दो मिहिनेत गरेको बताए ।म्यूजिक भिडियोमा काम गर्नु अगाडि परिले कलाकार भोला सापकोटासँग अभिनयको २ हप्ताको अभिनयको कोर्ष समेत लिएकी थिइन् ।

यसपछि, निर्देशक खड्का आफैले पनि परिलाई एक सातासम्म भिडियोको शैली सिकाएका थिए । सुरेश वाग्लेको शब्दमा तयार भएको गीतलाई अञ्जुले आधुनिक शैलीमा तयार गरेकी छिन् । यो गीतबाट छोरीलाई डेब्यू गराउँदा उत्तम हुने सोचेर अञ्जुले परिलाई अभिनयमा ल्याएकी हुन् । धिरजजंग शाहले खिचेको म्यूजिक भिडियोका लागि परिले मिहिनेत गरेको निकेशले जानकारी दिए । नेपाली सांगीतिक क्षेत्रमा एउटा उचाई प्राप्त गरिसकेकी सफल गायिका पन्तकी छोरीको अभिनय डेब्यूृ पक्कै पनि दर्शकका लागि प्रतिक्षामा रहनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>