स्वास्थ्य

हर्टअट्याक बाट बच्ने ७ काइदाहरु

मुटु मांशपेशीहरुले बनेको अंग हो जसले शरीरका विभिन्न अंगहरुमा रगत पम्प गर्छ ।

मुटुको रक्त प्रवाहित गर्ने धमनीहरुमा जब रोकावट आउँछ, त्यस हिस्सामा रक्त सञ्चार नहुँदा मांसपेशीहरु मर्न थाल्छन् । यसबाट मुटुको क्रिया प्रभावित हुन्छ र यसैलाई हार्ट अट्याक भनिन्छ । हृदयघात आकस्मिक दुर्घटना हो । हृदयघात हुनु भनेको मुटुको कार्यसंचालनमा आकस्मात अवरोध पैदा हुनु हो । यस प्रकारको बिमारीबाट बच्नका लागि सबैभन्दा पहिले आफ्नो बानी व्यहोरा सुधार्नुपर्छ । तलका कुराहरु अनुशरण गरेर मुटुरोगबाट पर बस्न सकिन्छ ।

काइदा १. कोलस्ट्रोल नियन्त्रण गरौं । कोलस्ट्रोल बढ्यो भने मुटुसँग सम्वन्धित रोगहरुको खतरा रहन्छ । त्यसैले उच्च रक्तचाप र बढेको कोलस्ट्रोललाई नियन्त्रण गर्नका लागि औषधि र डाइटमा विशेष ध्यान दिनु आवश्यक छ ।

काइदा २. धुम्रपानका कारण हार्ट अट्याक भएका व्यक्तिहरु धेरै हुन्छन् । एक पटक हार्ट अट्याक भइसकेका व्यक्तिहरुले भूलेर पनि फेरि धुम्रपान गर्नु हुँदैन । रोमका सेन फिलिप्पो नेरी हस्पिटका फ्यूरियो कोलिबिच्चीले आफ्नो सोधमा पाएका थिए कि हृदयघातपछि पनि जसले फेरि धुम्रपान गर्न थाल्छन् उनीहरु एक वर्षभित्र मर्ने सम्भावना प्रबल हुन्छ ।

काइदा ३. मोटोपनाले पनि मुटुमा विभिन्न समस्या निम्त्याउन सक्छ । त्यसैले आफ्नो उमेर र लम्बाईको हिसाबले आफ्नो आदर्श तौल पत्ता लगउने र उक्त तौल पाउनका लािग कडा मिहिनेत गरौं ।

काइदा ४. सुगरका रोगीहरुमा धमनिहरुमा रगतको ढिक्का बन्ने सम्भावना प्रबल हुन्छ । यदि रोगीलाई मधुमेह छ भने मधुमेह नियन्त्रण गर्ने औषधि लिनु अति आवश्यक छ ।

काइदा ५. बदामले रक्तनलीमा सकारात्मक प्रभाव पार्छ । साथै यसले हानिकारक कोलस्ट्रोल कम गर्न पनि तपाईंलाई मद्दत गर्छ । यसमा भिटामिन ई, म्याग्नेसियम, फाइबर र पोटासियम आदि हुन्छन् जसले मुटुका लागि सुरक्षा कवचको काम गर्छन् । हार्ट अट्याकबाट बच्नका लागि तारिएको र भुटिएको खानेकुरा तथा नुनको कम सेवन गर्नुपर्छ ।

काइदा ६. खानामा तेलको प्रयोगले ब्लकेज तिव्ररुपमा बढ्छ । त्यसैले तेलको कमभन्दा कम प्रयोग गर्नुपर्छ । त्यसो त तेलमा आफ्नै कुनै स्वाद पनि हुँदैन । यदि तपाईंलाई तेल प्रयोग नगरी भएन भने जैतुनको तेल प्रयोग गरौं । जैतुनको तेलमा फ्याटी एसिड प्रचुर मात्रामा हुने भएकाले मुटु रोगको खतरालाई कम गर्छ ।

काइदा ७. नियमितरुपमा आधा घन्टासम्म हिँड्ने, योग तथा व्याम गर्ने गर्नाले हार्ट अट्याकको खतराबाट सजिलै बच्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>