राजनीति

नेकपा सचिवालयको अनौपचारिक छलफल

२१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले खुमलटार पुगेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

खुमलटारपछि बालुवाटार पुगेका नेम्वाङले दुई अध्यक्षबीच कुराकानी भएरै प्रचण्डले सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बोलाएको अनलाइनखबरलाई बताए । उनले भने, ‘प्रचण्ड कमरेडले आज सचिवालय सदस्यहरुको छलफल राख्नेबारे हिजै प्रधानमन्त्रीलाई जानकारी दिनुभएको थियो ।’उनकाअनुसार, प्रचण्डले धुम्बाराही बैठक सकेर अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग सम्वाद गर्ने तयारी छ । ‘साथीहरुको कुरा सुनेर म तपाइसँग छलफलमा बस्छु भनेर प्रधानमन्त्रीलाई भन्नुभएको रहेछ’, नेम्वाङले भने ।

प्रचण्डले शुक्रबार दिउँसो तीन बजे धुम्बाराहीमा सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बोलाएका छन् । यो बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भने नजाने स्रोतको दाबी छ । बैठकअघि खुमलटारमा भएको भेटमा नेम्वाङले पार्टी विभाजन हुनेगरी सम्वाद नगर्न प्रचण्डसँग आग्रह गरेको बताए । ‘पार्टी विभाजन गरेर जनतासम्म कसरी जाने ? यसबारे सोच्नुहोस् भनेर प्रचण्ड कमरेडलाई भनेको छु’, नेम्वाङले भने । संसदीय दलका उपनेता नेम्वाङले भने धुम्बाराहीको बैठकबाट आत्तिनुपर्ने अवस्था नरहेको नेम्वाङले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>