मनाेरञ्जन

शिल्पाको उजुरीपछि ‘रजतपट र ग्ल्यामर गफ’ स्थगित

रंग पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा संचालन गर्दै आएको ‘रजतपट र ग्ल्यामर गफ’ नामक मनोरञ्जनात्मक कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ ।

एपीवान टीभीको बोर्ड बैठकले सुवेदीको विवादस्पद कार्यक्रम ‘रजतपट र ग्ल्यामर गफ’लाई अनिश्चितकालका लागि स्थगित गरेको हो । सुवेदीले एपीवानमा संचालन गर्दै आएको ‘रजतपट’ कार्यक्रममा नायिका शिल्पा पोखरेलको बिषयमा एउटा समाचार प्रशारण भएको थियो । सो रिपोर्ट प्रशारण भएसँगै शिल्पाले आफ्नो चरित्र हत्या भएको भन्दै एपीवानमा उजुरी दिएकी थिइन् । शिल्पाको उजुरी परेपछि एपीवान बोर्ड बैठकले शिल्पाको अन्तरवार्ता बाहेक उनीसँग सम्बन्धित अरु कुनै पनि रिपोर्ट प्रशारण नगर्न सुवेदीलाई पत्र काटेको थियो ।

तर, सुवेदीले नै संचालन गर्दै आएको अर्को कार्यक्रम ‘ग्ल्यामर गफ’मा निर्माता छविराज ओझाको अन्तरवार्ता प्रशारण भएको थियो । यसपछि शिल्पाले कार्यक्रम नै बन्द गर्नुपर्ने भन्दै उजुरी दिएकी थिइन् । एपीवानको बोर्ड बैठकले छविको अन्तरवार्ता प्रशारण भएपछि शिल्पाको उजुरीको आधारमा सुवेदीले संचालन गर्दै आएको दुबै कार्यक्रम प्रशारण अनिश्चितकालका लागि स्थगित गरेको हो । श्रोतले अनलाइनखबरसँग भन्यो–‘रजतपट भन्दा पनि ग्ल्यामर गफमा छविको अन्तरवार्ता प्रशारण भएपछि कार्यक्रम स्थगित गर्ने निर्णय सहितको पत्र सुवेदीलाई एपीवानको बोर्डले दिएको छ ।’ तर, संचारकर्मी सुवेदीले भने आफूसँग असारसम्म कार्यक्रम प्रशारण गर्ने संझौता भएको भन्दै कार्यक्रम बन्द नहने प्रतिक्रिया दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>