अन्तरर्वार्ता

वर्षाका लागि विशेष फिल्म ‘जात्रै जात्रा’

नायिका वर्षा राउतले करिअरको छोटो समयमा चलचित्र क्षेत्रमा राम्रै सफलता पाइन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘नाई नभन्नु ल ४, जात्रा, छक्का पन्जा, छक्का पन्जा २, जात्रै जात्रा’ बक्स अफिसमा हिट भए ।

यी चलचित्रले वर्षालाई नेपालको पहिलो रोजाइको नायिकाको रुपमा पनि स्थापित गरिदियो । उनै, वर्षाका लागि भने चलचित्र ‘जात्रै जात्रा’ विशेष छ । सामाजिक संजालमा फ्यानसँग अन्तरक्रिया गरिरहने यी नायिकाले फ्यानको एक प्रश्नमा आफ्नो विशेष चलचित्र ‘जात्रै जात्रा’ रहेको जवाफ दिएकी छिन् । उसो त, उनलाई उनका फ्यानले ‘गोपी र जात्रा’ मध्ये कुन मनपर्छ भनेर सोधेका थिए । तर, वर्षाले आफूलाई यी दुबै चलचित्र मन परेपनि ‘जात्रै जात्रा’ व्यक्तिगत रुपमै मन परेको चलचित्र बताएकी छिन् । यो चलचित्र वर्षाकै करिअरको अहिलेसम्मकै सर्वाधिक कमाई गर्ने चलचित्र हो ।

वर्षालाई अर्का एक फ्यानले पल शाह र नाजिर हुसेन मध्ये को मनपर्छ भनेर सोधेका छन् । जसमा वर्षाले दुबै मन पर्ने उल्लेख गरेकी छिन् । नायक संजोग कोइरालासँग बिहे गरेकी वर्षालाई अर्का एक फ्यानले ‘राउत र कोइराला’मा कुन मनपर्छ भनेर सोधेका छन् । जसमा वर्षाले ‘राउत’ मनपर्ने उल्लेख गरेकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>